काठमाडौं,
मंसिर २५ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमितिमा सभापतिका लागि ६ जनाले उमेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवासहित सभापतिमा ६ जनाको उमेदवारी परेको हो ।
देउवासँगै विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराउनुभएको हो ।
संस्थापनइतरबाट साझा उमेदवार तय गर्न रामचन्द्र पौडेलसहितका नेताहरू असफल भएपछि विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहले छुट्टाछुट्टै उमेदवारी दिनुभएको छ ।






