‘ज्वालामुखी माथिको देश’ लोकार्पण

काठमाडौं,
मंसिर २० ।

लेखक तथा पत्रकार राजन कार्कीद्वारा लिखित कृति ‘ज्वालामुखीमाथिको देश’ आइतबार राजधानीमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पुराना राजनीतिकर्मी दीर्घराज प्रसाईं, प्राडा सुरेन्द्र के सी बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, शास्त्रदत्त पन्तलगायत अग्रजहरूका हातबाट सार्वजनिक गरिएको सो कृतिमा करिब पाँच दर्जन सामयिक लेखहरू समेटिएको छ ।

लेखक तथा बरिष्ठ पत्रकार कार्कीले इतिहास प्रति गौरब वोध गराउदै भ्रष्टाचार, महङ्गी, सीमा समस्या, अर्थतन्त्र बेरोजगारी, राजनीतिक अन्योल, न्यायिक बिसङ्गती बारे अभिव्यक्ति दिनुभएको छ । देशमा विद्यमान बिकृतिहरू माथि आमरुपमा कदम चाल्नुपर्ने उल्लेख गर्दै लेखकले मूलत अहिलेको राजनीतिक नेतृत्वको विकल्प खोज्नुपर्ने उल्लेख गर्नुभएको छ । यसका लागि उहाँले युवाहरूलाई अग्रसर हुन आह्वान गर्नुभएको छ ।

लेखक कार्कीको यो आठौं कृति हो भने उहाँका विभिन्न बिषयमा लेखिएका आधा दर्जन अनुदित कृति प्रकाशित भइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार