कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं,
मंसिर १९ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी हुनु भएको छ । साविक अध्यक्ष कमल थापासँगको प्रतिस्पर्धामा लिङदेन विजयी हुनुभएको हो । यसअघि तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल अध्यक्षका रुपमा लिङदेनले हाँक्नु हुनेछ।

चार दिनदेखि काठमाडौंमाजारी महाधिवेशनको अन्तिम दिन शनिबार नेतृत्वका लागि चुनाव भएको थियो । उक्त चुनावका भर्खरै प्राप्त नतिजा अनुसान लिङदेनले थापालाई हराउँदै पार्टीको कमाण्ड प्राप्त गर्नु भएको हो ।

अन्तिम मतपरिणामअनुसार लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गर्नुभयो । महाधिवेशन अन्तर्गत भएको मतदानमा ३८ सय ७३ प्रतिनिधिले मतदान गरेका थिए । जसमा लिङदेनको पक्षमा १८४४ र थापाको पक्षमा १६१७ मत आएको थियो । ४३१ मत बदर भएको छ । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार