मनमा बी. राईको स्वरमा ‘हातैमा बाला’ (भिडियोसहित)

काठमाडौं,
मंसिर १६ ।

मनमा बी. राईको स्वरमा रहेको गीत ‘हातैमा बाला’ सार्वजनिक भएको छ । आदिम आवाज अनलाइन टिभी स्टुडियोमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो हेरिसकेपछि सञ्चारकर्मी नारायण देवान, गायिका सरोजा मुकारुङ देवान, युवा सञ्चारकर्मी/पत्रकार प्रकाश पोखरेल तथा युवा गायिका रश्मि राईले भिडियो राम्रो नेपालीपनले भरिएको भन्ने प्रतिक्रिया दिनुभएको थियो ।

गीतकार टीका चाम्लिङको शब्द रचना र वरिष्ठ सङ्गीतकार वसन्त मुकारुङको सङ्गीत रहेको सार्वजनिक गीतको भिडियोको छायाङ्कन काठमाडौँको टोखा र जीतपुर फेदीमा गरिएको हो । मोडल तथा गायक योगेन्द्र राई र नयाँ प्रस्तुतिमा नायिका ग्रेशिना राईलगायत करिब आधा दर्जन नयाँ कलाकारको अभिनय रहेको छ गीतको भिडियोमा । खुशी चाम्स रोदुङ (रबिना राई)ले निर्माण गर्नुभएको भिडियोलाई वीरेन्द्र भट्टले छायाँकन गर्नुभएको हो ।

युवा नृत्य निर्देशक सुमित गुरूङको कोरियोग्राफी रहेको सार्वजनिक गीतको भिडियोको सम्पादन तारा थापा ‘किम्भे’ले गर्नुभएको भने कमल राईको नृत्य निर्देशन छ । भिडियो आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलमार्फत सार्वजनिक भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार