काठमाडौं,
मंसिर १६ ।
भीमसेन खतिवडा र टिका पुनको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘डाँडा घरे दाई’ सार्वजनिक गरिएको छ । साजन पराजुलीको शब्द, श्याम धितालको सङ्गीत र भुवन प्रकाश बडूको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शंकर बिसीले निर्देशन गरेको भिडियोमा निक्स शर्मा र सृजना किराँती फिचर्ड छन् । दुर्गा पौडेलले छायाँकन, नवीन घर्ति मगरको सम्पादन रहेको भिडियो डीएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






