काठमाडौं,
मंसिर १६ ।
सर्ट फिल्म ‘थर्ड आई’को शुभमुहर्त गरिएको छ । आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा बन्न लागेको सर्ट फिल्म ‘थर्ड आई’को बिहीबार शुभमुहर्त गरिएको हो ।
आशुतोष अधिकारीको निर्देशनमा बन्ने फिल्मले विश्वमा रहेका दृष्टिविहिनहरूलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहिन हुन नपाउने कथा देखाउनेछ ।
लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण हुने फिल्ममा सरोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल र सुरज पोख्रेललगायत कलाकारको अभिनय रहने बताइएको छ ।
मंसीर १७ गतेबाट चितवन र पोखरामा छायांकन हुने चलचित्रमा विनोद मिश्र प्रस्तुतकर्ता, केडी प्रसिद्ध कार्यकारी निर्माता, सुजन बिसीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन, सुनयमान श्रेष्ठको मिक्सिङ, सम्राट थापाको पाश्र्वसङ्गीत, विमल लामाको सङ्गीत तथा गायन, आरती अधिकारी आचार्यको कथा तथा रफी शाहको पटकथा र संवाद रहनेछ । चलचित्रमा दीपक अधिकारीको मुख्य सहायक निर्देशन रहनेछ ।
निर्देशक आशुतोषको यसअघिको सर्ट फिल्म ‘हाम्रो नाता’ले अवार्ड हात पारिसकेका छन् । मुहुर्त कार्यक्रममा निर्देशक समाजको उपाध्यक्षको राजु अधिकारी उपस्थिति रहेको थियो ।
मुर्हत शर्ट भीष्मराज फुलाराले गर्नुभएको थियो भने, क्ल्याप कलाकार तथा निर्देशक शेखर खनालले गर्नुभएको थियो ।






