र्‍यापर साकारको ‘ड्रागन वल्र्ड’

काठमाडौं,
मंसिर १५ ।

‘लिटिल बुद्ध’का रूपमा परिचित र्‍यापर साकार दुई वर्षपछि ‘ड्रागन वल्र्ड’ नामक एल्बम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउनु भएको छ । उहाले एल्बम आउनु भन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’मा रहेर तीन गीत सार्वजनिक गर्नुभएको छ ।

उहाले वल्र्ड टुरको पनि घोषणा गर्नुभएको छ । उहाँको यो टुरमा र्‍यापर, गायक गायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता हुनेछ । उहाले आगामी डिसेम्बर ४ मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट गर्दैहुनुहुन्छ । साकारले तीन वर्षपछि पहिलोपटक कन्सर्ट गर्न लाग्नुभएको हो ।

‘हामी नेपाली सङ्गीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं । अर्बौ डलरको हलिउड, बलिउड, के(पप, जापानीज मनोरञ्जन उद्योग, युरोपिन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भन्नुभएको छ । साकारको टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार