काठमाडौं,
मंसिर १३ ।
नेकपा (एमाले) का अध्यक्ष केपी ओली शर्माले अध्यक्ष पदका लागि दाबी गर्नुभएको छ । उहाँले पदको दाबी गर्दे उम्मेदवारी दर्तासमेत गराउनु भएको छ ।
अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दिनुभएको हो । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल समर्थक रहनुभएको छ ।
एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको पनि अन्नतमा निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा पनि चुनाव हुने भएको छ ।
रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गर्नुभएको थियो । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।






