‘मिस युनिभर्स’मा भाग लिन सुजिता इजरायलतर्फ

काठमाडौं,
मंसिर १३ ।

‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायलतर्फ लाग्नुभएको छ । ७०औं ‘मिस युनिभर्स’ भाग लिन उहाँ शनिबार राती इजरायल प्रस्थान गर्नुभएको हो । त्रिभुवन बिमान स्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामनासहित उहाँलाई बिदाई गरेका थिए ।

इरजायल प्रस्थानगर्नु अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को ताज नेपाल भित्रिने आश गर्न सकिने बताउनुभयो । उहाँले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उद्देश्यसहित आफू सहभागी हुन लागेको बताउनुभयो ।

गतमहिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उहाँले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिन सफल हुनुभएको थियो ।

प्रतियोगीताका लागि उहाँले नेपालको पहिचान झल्कने एक कस्ट्युमसहित बिभिन्न तयारी गर्नुभएको छ । ‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगीतामा ७० बढी देशमा सुन्दरीहरुको सहभागीता रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार