काठमाडौं,
मंसिर ११ ।
चलचित्र ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्र्देशनमा बनेको चलचित्रको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिवेश र परिस्थितिलाई दर्शाइएको छ । हाइलाइट्स नेपालमार्फत् दर्शकमाझ ल्याइएको ट्रेलर पौने तीन मिनेट लामो छ ।
आउँदो पुस ९ गते प्रदर्शन हुने यो चलचित्रको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित (दारी बा), राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नवअभिनेत्रीत्रय पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङलाई प्रस्तुत गरिएको छ ।
आरबी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र राहुल राईले खिच्नुभएको हो भने सम्पादन र कलर ग्रेडिङ नवीन निरौलाको छ । निर्देशक आचार्य र रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी हुनुहुन्छ । तस्वीर : सुरेन्द्र थापा
https://www.youtube.com/watch?v=tAG9d3ewg5Y






