हरर सर्ट फिल्म ‘द रुम’ सार्वजनिक

काठमाडौं,
मंसिर ९ ।

मिडियाकर्मी बिष्णु ठकुरीको हरर सर्ट फिल्म ‘द रुम’ ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त ट्रेलरमा मिडियाकर्मीसमेत रहनुभएका ठकुरीको एकल अभिनय छ । हरर जनारामा निर्मित उक्त चलचित्रमा कोरोनको कारणले भएको लकडाउनले घरमा एक्लै केही नगरी बस्दा कमजोर भएको मानसिक अवस्था, मनमा फैलने अनेकौं डर, त्रास र भ्रमलगायतका कुरालाई सिर्जनात्मक ढंगबाट देखाइएको बताइएको छ ।

उहाँले उक्त लघु चलचित्रलाई बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लघुचलचित्र महोत्सवमा सहभागी गराइने र अनि मात्र आमदर्शकहरू माझ सार्बजनिक गरिने उहाँले बताउनुभयो । उहाँले उक्त लघु चलचित्र, आफ्नो टिम मेम्बर बजेटको अभाबलगायतका कारणले चलचित्र बनाउन चाहेर पनि बनाउन नसकिरहेका युवालाई आफू एक्लै पनि चलचित्र बनाउन सकिन्छ, आफ्नो क्षमता देखाउन सकिन्छ, राम्रो कथामा बनाउन सकियो भने अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो चलचित्र पुर्‍याउन सकिन्छ भन्ने हेतुले बनाइएको र युवालाई प्रेरणाको स्रोत बन्न सक्ने पनि उहाँको भनाइ छ ।

तर, आफूलाई चलचित्र सम्बन्धि सम्पूर्ण कुराको थोरै थोरै भए पनि ज्ञान हुनुपर्ने उहाँको भनाइ छ । आशिष मिडिया नेट्वर्क को सहकार्यमा बनेको उक्त लघु चलचित्रका निर्माणकर्ता ठकुरीले विभिन्न चलचित्र, टेलिचलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र बिज्ञापन जस्ता थुप्रै भिडियोमा काम गरिसकेका छन् ।

https://www.youtube.com/watch?v=tAG9d3ewg5Y

यसमा तपाइको मत

अन्य समाचार