काठमाडौं,
मंसिर ६ ।
डीएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाडौँ र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँले नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आइतबार काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको थियो । यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र भारतीय दूतावासका प्रथम सचिव (प्रेस, सूचना र संस्कृति) नवीन कुमारको उपस्थिति थियो ।
कार्यक्रममा भारतका चर्चित कलाकारहरू गायिका डा. रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र तथा नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मोहित पार्नुभएको थियो । भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए ।






