आज विश्व शौचालय दिवस

काठमाडौं,
मंसिर ३ ।

आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । यो वर्षको विश्व शौचालय दिवसको नारा ‘शौचालयको महत्व’ अर्थात् ‘भ्यालुइङ ट्वाइलेट’ रहेको छ । शौचालय र यसको महत्व सबैसामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ । शौचालय वा सरसफाइको अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित गर्दै यो दिवस मनाउने गरिन्छ ।

विश्वव्यापी दिगो विकासको लक्ष्यअन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । नेपाललाई २०७६ असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिएको छ ।

मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत तत्व हो । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौँको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार