‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’ र ‘मेरो डान्स कप यूएस-४’को घोषणा

काठमाडौं,
मंसिर १ ।

अमेरिका र क्यानडामा रहेको नेपाली भाषीहरुलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा काठमाडौंको एक पाँच तारे होटलमा भव्य कार्यक्रमको आयोेजना गर्दै गरिएको छ । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’ र ‘मेरो डान्स कप यूएसए-४’को घोषणा पत्रकार सम्मेलनको आयोजना गर्दै गरिएको हो ।

यो दुबै रियालिटी शोेलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले गर्न लागेको हो । फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो सुरु गर्ने जानकारी दिनुभयो । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल हुनुहुन्छ । यस्तै, ‘मेरो डान्स कप यूएसए ४’कोे निर्णायकमा भने अभिनेता दिलिप रायमाझी, नृत्य निर्देशक शंकर वीसी, अभिनेत्री केकी अधिकारी र नरमान राई रहनु भएको छ ।

कार्यक्रममा बोल्दै फाउन्डेशनका अध्यक्ष अधिकारीले नेपाली भाषा र संकृतीको संरक्षण र प्रवद्र्धन गर्दैै रियालिटी शोमार्फत अमेरिका र क्यानडामा रहेका नेपाली भाषीमा नेपाली भाषा, संकृतीको जागरुकता ल्याउनु रहेको पनि बताउनुभयो । अमेरिकामा अत्यन्त व्यस्त जीवन बिताइरहँदा पनि आफूहरूले कहिल्यै पनि नेपाली परपम्परा, भाषा, रितीथिती नछाडेको बताउनुभयो । यही सोेचका कारण २ रियालिटी शो सुरु गरिएको अधिकारीको भनाई थियो ।

यो फाउन्डेशनले नेपालमा रहेका जेष्ठ भुटानी शरणार्थीलाई मासिक पाँच हजार भत्तासमेत उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले अमेरिकामा पनि नेपाली भाषीहरूलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार