डा. डीआर उपाध्याय
काठमाडौं,
कात्तिक ३० ।
शक्ति र दम्भको राजनीतिले देश थला परेको छ । आज शक्ति र दम्भको आडमा जुन किसिमको राजनीति भइरहेको छ यसले मुलुकलाई अघि बढाउन सक्दैन र सकेको पनि छैन । आज जनता महंगीको मारमा छन्तर देशमा सरकार छ की छैन त्यो समेत जनताले अनुभूति पाउन सकिरहेका छैनन् । आज बिप्लव समूहले नेपाल बन्दको घोषणा गरेको समाचार छ । जनताले साथ दिन्छन की दिदैनन् त्यो भने केही समय पछि थाहा हुनेछ । माइतीघर मण्डलामा दिनौं नारा जुलुश चलिरहेको छ । हामी कता जान खोजेका हौ । देश कता जादै छ ? बडो गम्भिर प्रश्न उठेको छ ।
बार र सर्वोच्चबीच चलेको द्वन्द्व अझै सेलाउन सकेको छैन । सबै क्षेत्र अस्त ब्यस्त छ । यहाँ कसैलाई केही मतलव छैन । महंगीले जनता भोकै पर्ने हुनकी भन्ने चिन्ता पनि छ । देशमा शोषणको अन्त्य भएको छैन । कसैले कोही माथि शोषण गरिरहेको छ । राजनीति दल र तिनका नेताहरू मिठा मिठा भाषण गर्न मात्र सिपालु छन् । जनताका समस्या समाधान गर्न कुनै दल तयार छैनन् । सबै दललाई आ–आफनो स्वार्थ छ । त्यसैले देश बर्बाद हुँदै छ । कोही पनि नेता देश र जनता प्रति जिम्मेवार छैनन् ।
आज देशमा जुन किसिमको गाईजात्रा मञ्चन भइरहेको छ यो सबै बिदेशीको इसरामा हो । अब नेपाली जनता सचेत र जागरुप हुनुपर्ने बेला आएको छ । हामी सबैलाई थाहा छ, नेतृत्वकर्ता ठिक नहुँदा देशमा यो समस्या उत्पन्न भएको हो । आज जे भइरहेको छ, त्यस प्रति जनता सन्तुष्टि पटक्कै छैनन् । आज नेताहरू धनी बन्दै गएका छन्, जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । राजनीतिका नाममा यहाँ ब्यापार चलिरहेको छ । यसरी देश बन्न सक्दैन । आज देशमा जुन ढंगले शक्ति र दम्भको राजनीति चलेको छ, त्यो त्यति धेरै टिक्दैन । जनता निराश बन्दै छन् । जव जनता निराश बन्छन त्यस बेला ब्यवस्था माथि नै प्रश्न उठन सक्छ ।
अहिले पछिल्लो समयमा सडकमा बाक्लो उपस्थिती छ । यसले राम्रो संकेत देखाइरहेको छैन । अब मुलुकलाई कुशल नेतृत्वको आबश्यकता छ । त्यो नेतृत्व कसले गर्ने ? बिस्तारै समयले जन्माउने छ । नेता बन्न दुरदर्शिता चाहिन्छ । खै मुलुकमा दुरदर्शि नेता ? आज मुलुकमा दुरदर्शि नेता नभएर यी समस्याहरू निम्तिएका हुन । जनताले तिरेको कर सही रुपमा सदुपयोग हुन सकेको छैन । देशको ढुकुटीमा मनपरी गरिएको छ । सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधा, सहुलियत पाउन सकिराखेका छैनन् । हाम्रो मुलुकमा राम्रा–सोझा मानिसबाहेक स्वार्थी, अहं भावना र मुर्ख मनुष्यहरू धेरै छन् ।
लोकतन्त्र आएपश्चात् हरसमय कुनै न कुनै कलहले छोडेको छैन । यस प्रकारको कलहले देशलाई अहित गरिरहेको छ । कुर्सीको लागि नेताहरू जे पनि गर्न तयार छन् । अहिले त्यही भइरहेको छ । नेताहरूले आफ्नो मान्छे बाहेक अरुलाई केही सेवा सुविधा दिन सकेका छैनन् । यो स्वार्थीपनले आम नागरिक निराश छन् । जनताले लडेर ल्याएको परिवर्तन र प्राप्त उपलव्धिहरु गुम्न सक्ने खतरा पनि त्यतिकै बढेर गएको छ । कस्को कारणले हाम्रो देश पछि परिराखेको छ ?
हामी कुन दिशामा गइराखेका छौं ? यी प्रश्न गम्भिर छन् । जब देशको कानुन फितलो हुन्छ यस्ता हर्कतहरू बराबर दोहोरिराखेका हुन्छन् । नेताहरू कुर्सीमा बसेर रमिता हेर्ने काम बाहेक अरु काम के भएको छ ? देशमा भ्रष्टाचार बढेर गएको छ । सबै तमासा हेर्ने बाहेक केही गर्दैनन् । कठै मेरो देश ।






