दायित्व प्रतिष्ठानद्वारा सर्जकहरू सम्मानित

काठमाडौं,
कात्तिक ३० ।

दायित्व वाङ्मय विशिष्ट सम्मान प्रा.कृष्ण गौतम (२०७७) र आरसी रिजाल (२०७८)लाई प्रदान गरिएको छ । प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भैरव रिसालले उक्त सम्मान प्रदान गर्नुभएको हो ।

आयोजक दायित्व वाङ्मय प्रतिष्ठानले शंकर कोइराला आख्यान पुरस्कार (१५ हजार रुपैयाँनगद राशिसहित) वनमाली निराकार (२०७७) र इस्माली (२०७८) लाई प्रदान गरेको छ । दायित्व वाङ्मय सम्मान लुमडी आचार्य (२०७७) र गंगा कर्माचार्य पौडेल (२०७८), हरिकला–गुणाकर दायित्व रचना पुरस्कार (११ हजार नगद राशिसहित) दिनेशविक्रम थापा (२०७६) र दिव्य गिरी (२०७७)लाई प्रदान गरियो ।

यसैगरी, दायित्व मुरलीदेवी-गुरुदत्त काफ्ले स्मृति पुरस्कार (१५ हजार राशिसहित) छहारी नेपाल (२०७७) र निबन्ध आचार्य (२०७८), दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार (११ हजार राशिसहित) रेणुका भट्टराई (२०७७) र आभा शर्मा (२०७८) लाई प्रदान गरियो ।
आख्यानकार शंकर कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानलाई निःसर्त एक लाख रुपैयाँ प्रदान गर्ने जीवनेश्वरी सेनलाई प्रमुख अतिथि रिसालले जयस्कर सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा समालोचक प्राडा.लक्ष्मणप्रसाद गौतम, वनमाली निराकार, प्रा.कृष्ण गौतम, डा.लेखप्रसाद निरौलाले बोल्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार