काठमाडौं,
कात्तिक २९ ।
‘लिटिल एण्ड टिन प्रिन्स र प्रिन्सेस इन्टरनेशनल २०२१’ का प्रतियोगीले आ-आफ्नो प्रतिभा देखाएका छन् । प्रतियोगिताको ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, बक्तित्वकला जस्ता बिभिन्न बिषयमा आफ्नो प्रतिभा देखाएका हुन् ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि. आयोजक रहेको प्रतियोगीतमा १२ छात्र र १५ छात्रा प्रतिस्पर्धामा छन् । ट्यालेन्ट राउण्डको निर्णायकमा नृत्य निर्देशक राजु महर्जन, मेकअप आर्टिस झुमा थापा मगर, गायक सुरज थापा, पत्रकार कुवेर गिरी रहनुभएको थियो ।
नौ बर्षदेखि १५ बर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगीताको ट्यालेन्ट राउण्डका प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् ।
प्रतियोगीताको अन्तिम स्पर्धा आगामी मंसिर ११ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ । रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुको कोरियोग्राफी र श्रीषा बैदार फैजुको डिजाइन रहेको आकर्षक परिहनमा प्रतियोगी र्याम्पमा उत्रिनेछन् ।
प्रतियोगीताको शीर्ष विजेताले उपाधिको साथ यसै बर्ष इन्डोनेशियाको बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा बिभिन्न उपहारसमेत प्राप्त गर्नेछन् । प्रतियोगितामा बिभिन्न उप–विजेतासमेत छानिने आयोजकले जनाएको छ ।






