काठमाडौ,
कात्तिक २६ ।
पाँचथरको ऐतिहासिक स्थलहरूमा छायांकन गरिएको गीत ‘छेक्यो मायालु…’को भिडियो अमेरिकाबाट सार्वजनिक हुने भएको छ । सुरेश अधिकारीको शब्द, सङ्गीत तथा तारा लावतिको स्वर रहेको गीतको भिडियोलाई सागर केरुङले निर्देशन गर्नुभएको छ ।
माता पाथीभरा फिल्मस् प्रा.लि. ललितपुरद्वारा निर्माण गरिएको गीतको भिडियोको निर्माता चलचित्र निर्देशक किशोर सुब्बा हुनुहुन्छ । मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तरा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघा लगायतले भिडियोमा अभिनय गर्नुभएको छ ।
भिडियोको छायांकन सञ्जय आचार्य, शृङ्गार अमृता, ड्रोन अपरेटर फुङ्सो जबेगु, प्रकाश संयोजन निश्चल आचार्यले गर्नुभएको छ । भिडियो जेपीजे इन्टरटेनमेन्ट अनलाई टिभी अमेरिकाबाट सार्वजनिक हुने बताईएको छ ।
‘बिसं २०५४ सालमा लिम्बू चलचित्र ‘आनि साक्थिम’बाट बाल कलाकारहरूको रुपमा खेलाएको कलाकारलाई नै फेरि मोडलको रुपमा भिडियोमा देख्न पाउँदा आफूलाई खुशी लागेको छ’, ‘आनि साक्थिम’का लेखक तथा निर्देशकसमेत रहनुभएका किशोर सुब्बाले बताउनुभयो ।






