काठमाडौं,
कात्तिक २५ ।
गीतकार तारा अधिकारीको नया गीत ‘छड्के नजर’ सार्वजनिक भएको छ । विश्व नेपालीको स्वर, दीपक शर्माको सङ्गीत, उदय राज पौडेलको सङ्गीत संयोजन र आर बी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ तथा मिक्सिङ गरेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गायक विश्व नै फिचर्ड भिडियोमा शान थापाको निर्देशन छ । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।
एल्बम ‘सुनौलो तारा’मा रहेको ‘छड्के नजर’ गीतको भिडियो सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको छ ।






