काठमाडौं,
कात्तिक २३ ।
राजेशपायल राई र संगीता रनपहेलीको स्वरमा रहेको गीत ‘सुन न म तिमीलाई माया गर्छु…’ सार्वजनिक भएको छ । टीका चाम्लिङको शब्द रचना र राजेशपायल राईकै सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र किङ स्टुडियोमा स्वराङ्कन गरिएको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
जस्केलो क्रियसनको प्रोडक्सन रहेको गीतको स्टुडियो भिडियो आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।






