काठमाडौं,
कात्तिक १९ ।
चलचित्र ‘मधुरिमा’को शुभ साइत गरिएको छ । कमलादी गणेश मन्दिर परिसरमा चलचित्र ‘मधुरिमा’को शुभ साइत सम्पन्न भएको हो । ‘मोष्ट वाण्टेड’, ‘जष्ट फर यु’लगायत आधा दर्जन चलचित्र निर्माण गरिसक्नुभएका निर्माता रामभक्त श्रेष्ठको लेखन, निर्देशन रहने ‘मधुरिमा’ पारिवारिक प्रेमकथामा आधारित रहने बताइएको छ ।
गणेश पाण्डेको प्रस्तुति, युवराज पौडेल निर्माता रहने ‘मधुरिमा’मा पुष्कर राउत, हर्षिका श्रेष्ठ, जान्वी बस्नेत, गणेश पाण्डे, बाबुराम उपाध्याय, संजय महर्जन, बिकाश पुजारी लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । चलचित्रमा नृत्य अर्जुन भुसाल, द्वन्द्व शंकर महर्जन, मेकअप रवी कार्कीको रहने छ भने मंसिरको दोस्रो साताबाट चलचित्रको छायांकन हुने बताइएको छ ।






