काठमाडौं,
कात्तिक १७ ।
बिगत १८ बर्षदेखि काग तिहारको अवसर पारेर काग सम्मेलन गर्दै आउनुभएका कलाकार रमेश दुलालले यसबर्ष पनि १८ औं काग सम्मेलन गर्नुभएको छ । काठमाडौंको शान्तिबाटिका गेट, रत्नपार्कमा बिहान ६ बजे काग तिहारको अवसर पारेर काग सम्मेलन गर्नुभएको हो । रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा पार्नुभएको थियो ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको १८ औं बृहत काग सम्मेलन कार्यक्रमलाई ग्रिनसिटी हस्पिटल बसुन्धराले सौजन्य सहयोग गरेको थियो । मुखबाट १७३ जीव जनावर तथा चराचुरुङ्गी, तथा बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामनासहित काग सम्मेलन गरेको जानकारी गराउनुभयो ।






