काठमाडौं,
कात्तिक १२ ।
अधिराज्य मिडिया नेटवर्कले राजधानीमा आयोजना गर्न लागेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०७८’ मा चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार–२०७७’ प्रदान गरिने भएको छ ।
लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय सुवेदीलाई आयोजकले नगदसहित पुरस्कृत गर्न लागिएको हो । पत्रकार सुवेदी चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्षसमेत हुनुहुन्छ ।
गीतसंगीत तथा चलचित्र सम्बन्धी विभिन्न ४४ बिधामा अवार्ड प्रदान गरिने कार्यक्रम कार्तिक २५ गते राजधानीमा हुने कार्यक्रम संयोजक केवल भुजेलले जानकारी गराउनुभयो । कार्यक्रममा गीतसङ्गीतका ३० र चलचित्रका १४ गरी जम्मा ४४ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।
प्रतिस्पर्धात्मक तथा जुरी अवार्डसँगै गीतसङ्गीत तथा चलचित्रका स्रष्टाहरूलाई सम्मान गरिने आयोजकले जनाएका छन् ।






