कविता : चाहना

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
कात्तिक १२ ।

चाहना छ मेरो मुटुको
आइदेउ फेरि बहार बनी
चुँडालेर सबै सिक्रीहरु (जञ्जिरहरू) समाजका
लागौंला पिरतिको गन्तव्य तिर
यो मेरो मात्र होइन
हो तिम्रो यात्रा को पनि अन्तिम बिन्दु !

चाहना छ मेरो मुटुको,
यसैगरी बाँचिरँहु तिम्रो सम्झनामा
छैन निठुरी दुनियाँको
केगर्नु मैले ती दैबको,
तिमीबाट टाढा राखेका छन् जसले
बिर्सिदिए आफन्तलाई
सम्झना छ केवल तिम्रै मुहारको
अभागी मुटुको ढुकढुकी मा यसले कति दिन दिने हो साथ
मेरो,
ठोकुआ कसरी गरुँ म
हरेक साँसले दिन्छ चेतावनी
तिमीलाई राख आसपास भनी
बुझदैन उसले मेरो बाध्यता बाधिएको छ वाँचामा
बिरही गीतले कतिञ्जेल तडपिएको मनलाई भुलाउन सक्छु
सुरतालनै हराउन थालेपछि
अब सबै तार तिम्रै हातमा छन्
अङ्गालोमा बेरिएर हाँसी हाँसी
रसिला तिम्रा अधरमा
मेरो ओठ च्यापनु भन्दा पहिला बोलिमा भनेकी थियौ के के
एकैछिन सम्झिदेउ न मेरि माया ।

यसमा तपाइको मत

अन्य समाचार