काठमाडौं,
कात्तिक ७ ।
आइतबार थप ५५७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ६ हजार ६१ जनाको पिसिआर परीक्षण गर्दा ५५२ जना र एक हजार ५६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या आठ लाख नौ हजार ५६ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१ जना रहेको छ । जसमध्ये नौ हजार ४२३ जना होम आइसोलेसनमा छन् भने ७७८ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २७३ जना आईसीयू र ८५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
आइतबार थप ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या सात लाख ८७ हजार ५०७ रहेको छ ।
यस्तै पछिल्लो समय कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ ।
मन्त्रालयका अनुसारका आइतबार सबैभन्दा धेरै काठमाडौंमा १५९, नुवाकोटमा ५८, मोरङमा ५६, कास्कीमा ५२, ललितपुर र रुपन्देहीमा ४१÷४१ जना, सुनसरीमा १५ तथा रुसुवामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






