काठमाडौं,
कात्तिक ७ ।
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको उल्लेख गरेको छ ।
महाशाखाकाअनुसार देशका केही भूभागमा आज पनि वर्षा हुनेछ । अहिले वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा पनि थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेकोले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






