गीता खत्रीको नियात्रा कृति ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक

काठमाडौं,
कात्तिक ५ ।

साहित्यकार गीता खत्रीको नियात्रा कृति ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको बाहुलीबाट जोशीकै निवासमा कृति सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले पुस्तकको समीक्षा गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा अनेसासका सल्लाहकार तथा निवर्तमान अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र अनेसास बिओटी सल्लाहकार प्रा.डा. खगेन्द्र लुइँटेलले लेखिका खत्रीलाई बधाइ दिँदै शुभकामना मन्तब्य राख्नुभएको थियो ।

लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा र साहित्यमा संलग्न साहित्यकार खत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को पूर्व अध्यक्ष र अहिले बोर्ड परिषद्‍की सभापति हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार