काठमाडौं,
कात्तिक ५ ।
कमेडी जनराको चलचित्र ‘चुरीफुरी’ ले प्रदर्शन मिति तय गरेको छ । कोरोनाका कारण लामो समय बन्द रहेका हल खुल्न थालेपछि निर्देशक ऋषिराज आचार्यले आफ्नो चलचित्र प्रदर्शनको मिति पक्का गर्नुभएको हो । उहाँका अनुसार दर्शकले आगामी पुष ९ गते अर्थात डिसेम्बर २४ मा देशभरका हलमा ‘चुरीफुरी’ हेर्न पाउने छन् ।
चलचित्र पत्रकार संघ, दाङ शाखाले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा ‘चुरीफुरी’ को प्रदर्शन मिति तय भएको जानकारी निर्देशक आचार्यले दिनुभयो । दशंैका लागि गृहजिल्ला, दाङ जानुभएका निर्देशक आचार्यले आफ्नो चलचित्र डिसिएनले बितरण गर्ने बताउनुभयो । दाङ शाखा अध्यक्ष शिब पुनको अध्यक्षतामा सम्पन्न साक्षात्कार कार्यक्रममा कोरोना महामारीका कारण थलीएको नेपाली चलचित्र क्षेत्रलाई बिउत्याउनका लागि निर्माता, वितरक तथा हल ब्याबसायिहरू एक हुनुको बिकल्प नभएको तथ्य औल्याउनुभयो ।
निर्देशक आचार्यकै लेखन तथा निर्माण रहेको चलचित्रमा नवकलाकारहरू अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत अहम् भूमिकामा हुनुहुन्छ भने फिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरु–रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायतले अभिनय गर्नुभएको छ ।
आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको चलचत्रिको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा हुनुहुन्छ । राहुल राईले खिचेको चलचित्र नवीन निरौलाले सम्पादन गर्नुभएको हो भने भीमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको सङ्गीत छ ।






