आज पैगम्बर जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा

काठमाडौं,
कात्तिक २ ।

मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा आज सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्तीको अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश २ को सरकारले प्रदेश २ मा मंगलबार सार्वजनिक बिदा दिएको छ ।

अरबको मक्कामा ईस २२ अप्रिल ५७१ मा जन्मेका पैगम्बरले अल्लाहका दूतबाट ज्ञान लिई कुरान लेखेको मानिन्छ ।

पैगम्बरको जन्म हुनुअघिनै उनका पिताको मृत्यु भएको थियो भने उनी जन्मेलगतै उनको माताको मृत्यु भएको थियो । पैगम्बरले कहिले पनि एक्लै खाएनन् । उनी खाने बेलामा जहिले पनि गरिब वा दिनदुखीलाई सँगै खुवाउँथे ।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्दै आजको दिनलाई मुस्लिम समुदायले महत्वपूर्ण दिनको रुपमा लिने गर्दछन् ।

यसमा तपाइको मत

अन्य समाचार