‘च च हुई…’ सार्वजनिक (भिडियोसहित)

बुटवल
असोज ३१ ।

बुटवलमा रहेको ब्याण्ड ‘अमेध्यं’ले दशैं र तिहारलाई लक्षित गर्दै ‘च च हुई’बोलको भिडियो सार्वजनिक गरेको छ । लोक रक सङ्गीत पृष्ठभूमि भएको व्याण्डले पहिलो एलबमको पहिलो गीत सार्वजनिक गरेको हो ।

भिडियोमा समुदायबाट हराउदै गएको लिङ्गे पिङ संस्कृतिलाई संरक्षण गर्नुपर्ने जोड दिइएको छ । गीतमा सुजल रानाको स्वर, ओम शंकर श्रेष्ठको शब्द छ ।

सार्वजनिक गीतको भिडियोमा सुजल राना, विजय विश्वकर्मा, भिबास थापा मगर, सिओन जिओन, विकास रेग्मी, आनन्द खड्का, विमा थापा मगर, अञ्जिला क्षेत्री, ममता पुन मगर, थानी राना मगर, सब्रिना क्षेत्री, सुशान्त पाण्डे, मधुकला कुँवर, वर्षा पन्थी, दीपक पन्थी, रमा केसी, ममता केसी, रामु रावल, चित्रबहादुर झेडी, किशोर सारु, तिलवीर खाम्चा, मन्दकुमारी खाम्चा लगायतका कलाकारको अभिनय छ ।

यस्तै भिडियोमा बाल कलाकारहरू अमृत राना, अमन खाम्चा, स्मृति खाम्चा, रश्मी खाम्चा, सुप्रिया राना, गीता राना, सबिन राना, हिमाल खाम्चा, अनुष्का राना, मौसम रानालगायतको पनि अभिनय छ । भिडियोमा आनन्द खड्का र बिमा थापा मगरको कोरियोग्राफी छ ।

अशोक थापा र शिशिर श्रेष्ठको कन्सेप्ट र कथा रहेको भिडियोमा आकाश धिमालको छायांकन र सम्पादन तथा आकाश धिमाल र रमेश रिजालको निर्देशन छ ।

यसमा तपाइको मत

अन्य समाचार