पेशल आचार्य
काठमाडौं,
असोज ३० ।
लेख्नु
र देख्नुमा समानता छ
लेखेर देखिन्छ
देखेर लेखिन्छ
भोग्नु
र खेप्नुमा समानता छ
भोगेर खेपिन्छ
खेपेर भोगिन्छ
भोगेर खेपेको झन् मजा हुन्छ
खेपेर भोगेको अझ रोमाञ्चकारी हुन्छ,
मैले ससाना वस्तुमा
झिना मसिना कुराहरूमा
ठूला र असल भनिएकाहरू
महामनाहरू
बेहद खुसी भएको देखेको छु
केटा केटीहरू जसरी
फुटेका गाग्रोका खबटाहरू बाट
घर बनाउँछन्
भात पकाउँछन्
खेल्छन्
खान्छन्, अतीव रमाइलो गर्छन्
न उनीहरू लाई
कसैको रिस राग हुन्छ
न उनीहरूमा
कसैको लोभ र पाप हुन्छ,
केटाकेटीहरू जस्तै हुन्छन्
वैश्विक महामनाहरू
जो जन्म र मृत्युका बीचमा
कृति र कीर्ति राख्नका लागि
अहोरात्र लागिरहन्छन्
अहोरात्र सोचिरहन्छन्
अहोरात्र खोजिरहन्छन्,
अचेल मलाई
किनकि न समान र समानता
शब्दको शाब्दिक ध्वनि
अतीव मनपर्छ ।।






