काठमाडौं,
असोज २८ ।
सज्जा चौलागाईको स्वर रहेको गीत ‘हजारौं रहर’ सार्वजनिक भएको छ । अनमोल गुरुङको शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा अविषेक राई, तेजस्वनी बास्कोटा, बाल कलाकारमा अबि साम्बुहाङ राई आकृति बस्नेतको अभिनय रहेको छ । भिडियोका निर्देशक रामचन्द्र चापागाई हुन् ।






