काठमाडौं,
असोज २८ ।
निरु घिमिरेको स्वरमा रहेको गीत ‘माया मेरी…’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिनुभएको छ ।
मुनाल शिशिर कोइरालाको प्रेमकथाले भरिएको शब्द रहेको गीतमा दीपक शर्माको सङ्गीत छ । गीतको सङ्गीत संयोजन पुरुषोतम सुवेदीले गर्नुभएको छ ।
गीतको भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा समेटिएको छ । जसमा सुधिर श्रेष्ठ, उषा उप्रेती, कमल सिंह र जुना कार्कीको रोमान्स देख्न सकिन्छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो विकल्प क्रियशनले निर्माण गरेका हो । उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन रहेको भिडियोमा मुनाल शिशिर कोइरालाको निर्देशन छ ।






