काठमाडौं,
असोज २५ ।
अपेक्षा गिरीको स्वरमा रहेको गीत ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत, अपेक्षाकै शब्द र पुरुशितम सुबेदीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सिर्जन बराल (ऋषि)को निर्देशन रहेको गीतको भिडियोमा चिरञ्जिबी सापकोटा (जीबि चिरन) र गरिमा शर्माको अभिनय छ । भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट भिडियो निर्माण गरिएको छ ।घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियोमार्फत प्रस्तुत गरिएको छ ।
अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’मार्फत सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।
मोफसलमा बसेर गीत सङ्गीतमा राम्रै चर्चा कमाउन सफल अपेक्षा गिरीको यसअघि सुनिल गिरीसँग ‘सोल्टिनी’ र टंक तिमिल्सिनासँग ‘माया नमार्नु नि है’ जस्ता गीत स्रोता÷दर्शकले औधि मन पराएका गीत हुन् ।






