लघु चलचित्र ‘द रुम’ को ट्रेलर सार्वजनिक

काठमाडौं,
असोज २४ ।

लघु चलचित्र ‘द रुम’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त ट्रेलरमा मिडियाकर्मी समेत रहेका बिष्णु ठकुरीको एकल अभिनय छ । छायांकनदेखि चलचित्रको सम्पूर्ण काम पनि आफैँले गरेको उहाँको दाबी छ ।

हरर जनारामा निर्मित उक्त चलचित्रमा कोरोनको कारणले भएको लकडाउनले घरमा एक्लै केही नगरी बस्दा कमजोर भएको मानसिक अवस्था, मनमा फैलने अनेकौं डर, त्रास र भ्रम आदि कुराहरुलाई सिर्जनात्मक ढङ्गबाट देखाइएको उहाँले जानकारी गराउनुभयो ।

आशिष मिडिया नेट्वर्कको सहकार्यमा बनेको उक्त लघु चलचित्रका निर्माणकर्ता ठकुरीले विभिन्न चलचित्र, टेलिचलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र बिज्ञापन जस्ता थुप्रै भिडियोहरूमा काम गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार