पल र साक्षी ‘सोल्टा, सोल्टिनी…’ (भिडियोसहित)

काठमाडौं,
असोज १७ ।

प्रकाश तामाङ ‘तितुङ’ र सुजिता योञ्जनको स्वर रहेको गीत ‘सोल्टा, सोल्टिनी…’ सार्वजनिक भएको छ । प्रकाशकै शब्द, संगीत, फणिन्द्र राईको संगीत संयोजन र सुमन खडकाको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन थापाको निर्देशन, सम्पादन र कलर संयोजन रहेको गीतको भिडियोमा पल शाह, साक्षी लम्साललाई फिचरिङ गरिएको छ । यस्तै भिडियोमा प्रिया प्रधान, आकांक्षा तामाङ र सीता प्याकुरेलको पनि अभिनय रहेको छ । धिरज गुरुङको छायाँकन आफूले मन पराएको सोल्टा सोल्टिनको मायामा परेको भाव व्यक्त गरिएको छ । एक अर्काको मायाजालमा परेको गीत मार्फत व्यक्त गरिएको छ ।

साक्षी लम्साल पछिल्लो समय व्यस्त बन्दै गएकी छन् । उनी अभिनित भिडियोहरू एकपछि अर्को लोकप्रिय भएसँगै उनको व्यस्ता बढदै गएको छ । गीतको भिडियो मोक्तान डिजिटलमार्फत सार्वजनिक भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार