काठमाडौं,
असोज १३ ।
राष्ट्रभक्ति गीत ‘खोजिरहेछ देशले एक युग नायक’ सार्वजनिक भएको छ । गीतकार डा. नवि अधिकारी (टाकिन्द्र) को शब्द र सन्तोष श्रेष्ठको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देबेन्द्र नेवाको एरेञ्ज रहेको गीतमा गायक सन्तोष श्रेष्ठकै सङ्गीत छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले उक्त भिडिओ सार्वजनिक गर्नुभएको हो ।
२००७ सालदेखि गणतन्त्र स्थापना हुँदासम्म भएका ठूला राजनीतिक परिवर्तन भए पनि जनताले सुखानुभूति गर्न नसकेको सन्दर्भमा देश समृद्ध बनाउने नायक आवश्यक रहेको भाव गीतमा व्यक्त गरिएको छ ।
युवराज दाहालको अभिनय रहेको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गर्नुभएको छ । राजकुमार केसीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । भिडियोलाई गोल्डेन क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






