वसन्तको लेखन र निर्देशनमा ‘छोरी’

काठमाडौं,
असोज ११ ।

छोटो चलचित्र ‘छोरी’ निर्माण भएको छ । वसन्त पोखरेलको लेखन र निर्देशन रहेको छोटो चलचित्र ‘छोरी’ निर्माण भएको हो । निर्देशक पोखरेलले अमेरिकामा प्रशस्त सम्पत्ति भएर पनि दशैं, तिहार, तीजजस्ता नेपालीहरूको महान चार्डपर्व मनाउन नपाएकी एउटी छोरी र नेपालमा सम्पत्ति भएर पनि आफन्त, परिवार र आफ्नो सन्तान आफूसँग नभएको बाबुको पीडालाई चलचित्रमा देखाइएको जानकारी गराउनुभयो ।

चलचित्रमा सुरेन्द्र थापा प्रस्तुतकर्ता हुनुहुन्छ । सुवासप्रसाद पाण्डे निर्माता र नमराज भण्डारी कार्यकारी निर्माता रहेको यो चलचित्रमा वसन्तसँगै सरिता भुजेल, अजय पन्त र सुरेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा गौतमराज खड्काको ग्राफिक्स र सम्पादन, ज्ञानु राईको छायांकन, मनोजराज बाहकको ध्वनी, सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको श्रृङ्गार छ । यो चलचित्र दशैको छेको पारेर डिजिटल प्रविधिमार्फत सार्वजनिक गरिने बसन्तले जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार