पेशल आचार्य
रामेछाप, मन्थली
असोज ११ ।
तिम्रो र मेरो
मेरो र तिम्रो
समग्रमा हाम्रो आत्मीयता पुरानो हो
पुरानो सम्बन्धले
कहिले तिमीलाई
कहिले मलाई
कहिले हामी दुवैलाई
सजिलो बनाएको पनि छ
कहिले गाह्रो गाह्रो पनि बनाएको छ,
आत्मीयता
खरिदने वस्तु होइन
आत्मीयता
विनिमयमा पाइने चिज पनि होइन
यो हृदयको नादले
हृदयको झन्कार लाई
कहिले बोलाएर
कहिले झक्झक्याएर
स्वतः आफ्नो बनाउँछ
स्वतः आत्मीय बनाउँछ,
मनलाई मनले चिनेर
जोडेपछि आत्मीय नाता आफैँ जोडिन्छ भन्छन्
व्यवहार
हिसाब किताब
लेनदेन
यो वात्यो जे भने पनि हुन्छ
जे नाम दिए पनि हुन्छ
या नामै नदिए पनि हुन्छ
भनेर हुँदैन
बोलेर हुँदैन
आत्मीयता भन्ने चिज
हृदयले हृदयलाई चिनेपछि आफैँ हुन्छ
हृदयले हृदयलाई बोलाएपछि स्वतः भैहाल्छ,
अहिलेको जमाना सेल्फिस छ
वर्तमानमा मानिस मपाइँत्व भाक्छ बढी
हिजो यस्तो थिएन मानिस
ऊ अग्र्यानिक बेबहार गर्दथ्यो
ऊ साँचो सम्बन्ध राख्दथ्यो
केले बद्लियो मानिसको स्वभाव
केले परिवर्तित भयो मानिसको संस्कार
खोजिरहेछु म
यत्रतत्र र सर्वत्र
आत्मीयता
आत्मीयता
आत्मीयता ।।






