गीतकार संघ नेपालको नवौं राष्ट्रिय श्रष्टा सम्मान सम्पन्न

झापा,
असोज १० ।

गीतकार संघ नेपालको नवौं राष्ट्रिय श्रष्टा सम्मान झापाको बेलडाँगीमा सम्पन्न भएको छ । यस पटक १ लाख ५१ हजार रुपैयाँसहित अमर भावना राष्ट्रिय श्रष्टा सम्मान २०७७ प्रशिद्ध गीतकार विश्व बल्लभलाई प्रदान गरिएको छ । गीतकार रमेश दहाललाई ‘आफैँ हिँड्ने भीरको बाटो’ गीतका लागि नगद ५७, हजारसहित उत्कृष्ट वर्ष गीतकारको पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै गीतकार जेवी घलेले आफ्नो मातापीताको नाममा स्थापना गर्नुभएको ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७’ बाट लमजुङका कृष्णबहादुर गुरुङ नगद २५ हजार २ सय ५२ रुपैयाँसहित सम्मानित हुनुभयो । अमेरिकामा बसेर गीत लेख्ने हरि उप्रेतीलाई नगद १५ हजारसहित डायस्पोरा सम्मान प्रदान गरिएको छ ।

नेपाली आधुनिक गीत लेखनमा रमेश दाहाल एक सफल गीतकार हुनुहुन्छ । देशैभरिबाट नेपाली गीत लेखनमा स्थापित गीतकारबाट प्राप्त ११० गीतवटा गीतमध्ये विशेष छनौट समितिको निर्णयबाट रमेश दहाल, राजु थापा, सुरेश वाग्ले, एच।के। धिताल, बिबि थापा, रमेश अधिकारी, ध्रुव अम्गाई, रविन्द्र आशिष शैली, अमर विकराल र प्रवल विष्टका उत्कृष्ट वर्षका रूपमा दश गीत छानिएका थिए । निर्णायक मण्डलले रमेशको गीत ‘आफैं हिँड्ने भीरको बाटो’ सर्वोत्कृष्ट घोषणा गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार