केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं,
असोज ९ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै बाग्मती, गण्डकी, सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

विभागले आज दिउँसोदेखि रातिसम्म देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालको मौसम परिवर्तन भइरहेको महाशाखाले उल्लेख गर्दै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार