‘वीर योद्धा’ प्रदर्शनमा

काठमाडौं,
असोज ८ ।

चलचित्र ‘वीर योद्धा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्र डिसहोम ‘सिनेमा घर च्यानल नं. १०८’मा प्रदर्शनमा आएको होे । उद्धव अविदित निर्देशित ‘वीर योद्धा’ चलचित्रले द्वन्द्वको विषयलाई उठान गरेको छ ।

असोज १ गते डिसहोमबाट सार्वजनिक हुने भनिएता पनि चलचित्रको कथावस्तु निकै गम्भीर खालको रहेको भन्दै सेन्सर बोर्डले प्रदर्शन स्विकृति दिएको थिएन । केही दृश्य सम्पादन पश्चात चलचित्र सार्वजनिक भएको छ ।

चन्द्र सूर्य फिल्मस्को ब्यानरमा निर्माण भएको एक्शन प्रधान चलचित्रमा बिराज भट्ट, जेनिसा केसी, शैलेस बखती, गणेश उप्रेती, सुरवीर पण्डित, मुकुन्द थापा, रश्मी भट्ट, विनोद श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ ।

चलचित्रको निर्माण संयोजनमा किसान पोख्रेल रहनुभएको छ भने निर्मातामा गुणराज राजभण्डारी, सन्तोष केसी, रामहरि श्रेष्ठ हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार