घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झना

काठमाडौं,
असोज ७ ।

ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।

राजधानीमा एक कार्यक्रमको आयोजनागरी जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा परी ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण र दीपप्रज्वलित कार्यक्रम सम्पन्न गरेको छ । समाजसेवी दिपेन्द्र बिष्ट प्रमुख अतिथि, कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौको रामकोट स्थित दुर्घटनामा मृत्यु भएका २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ । शहरी बिकास तथा भवन निर्माण बिभागले प्रयाप्त रकम बिनियोजन नगरेका कारण दुई वर्षदेखि ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यले गति लिन नसकेको कुरा कोषका अध्यक्ष पाण्डेले कार्यक्रममा जानकारी गराउनुभयो ।

विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई सहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू-संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार