काठमाडौं,
असोज ५ ।
सुदिक्षा ढुंगेलको स्वरमा रहेको गीत ‘चादीको औठी’ सार्वजनिक भएको छ । रमेश क्षितिजको शब्द तथा टिका भण्डारीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
राधा ढुंगेलको निर्देशन रहेको गीतको भिडियोमा गायिका सुदिक्षा स्वयम फिचर्ड हुनुहुन्छ । भिडियोमा आदित्य राजपुतको छायांकन रहेको छ ।
भारतको मथुरा वृन्दावनमा रहेर पनि नेपाली गीत सङ्गीतको लागिपर्नु भएकी गायिका ढुंगेलका केहीसमय अगाडि ‘हाम्रो स्वाभिमान र युवा नेपाल समिति’को आयोजनामा सम्पन्न ‘अन्तर्राष्ट्रिय एकल गायन अनलाइन प्रतियोगिता २०२१’मा बिजेता पनि हुनुभएको थियो ।






