विभिन्न ठाउँमा नाटक मञ्चन र वृतचित्र छायाँकन पछि काठमाडौं फर्कियो परिवर्तन टोली

काठमाडौं,
असोज ४ ।

कोरोना भाइरस (कोभिड-१९)को प्रकोप केही कम भएसँगै बारा र पर्सामा नाटक मञ्चन र वृतचित्र छायाँकनका लागि परिवर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा भदौ ३० गते गएको टोली सोमबार काठमाडौं फर्किएको छ । ‘पशु कल्याणका लागि सार्थक अभियान’को नारा लिएर गएको उक्त कार्यक्रमलाई एनिमल नेपालको सहयोग गरेको थियो ।

टोलीमा मोहन निरौलाका साथ विश्वदीप घिमिरे, प्रल्हाद खरेल, राधा श्रेष्ठ, जे बी डिसी, शान्ता भट्टराई, जगत थामी र गम्भीर श्रेष्ठ रहनु भएको थियो । एनिमल नेपालको बारा स्थित कार्यालयका शत्रुघन पटेल र सीताराम पटेल पनि उक्त अभियानमा सहभागी हुनुहुन्थ्यो ।
टोलीले स्थानिय सञ्चारकर्मी एवं स्थानिय वासिन्दासँग पशु कल्याणका सम्बन्धमा अन्तरक्रिया गरेको टोलीका सदस्य विश्वदीप घिमिरेले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमसँग हेटौडामा टोलीले अन्तक्रिया गरेको थियो । घिमिरेका अनुसार टोलीले पशु कल्याण सुनिश्चित गरौ भन्ने नाटक गढीमाई, बरियारपुर, बगडमपुर, देबकोटा चौक, सिसहनीया, पर्वानीपुर, दुर्मनवाना, टेडा, घण्टाघर बिरगञ्जगरी १० स्थानमा मञ्चन गरेको थियो ।

पशु कल्याणका लागि गरिएको यो सचेतना कार्यक्रमलाई एनिमल नेपालबाट सुलक्षणा राणाले नेतृत्व गर्नुभएको थियो । यसअघि यही टोलीले काठमाडौं र चितवनका बिभिन्न स्थानमा पशु कल्याण सम्बन्धी नाटक मञ्चन गरिसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार