कविता : उम्केको माछो ठूलो

✍️  पेशल आचार्य
रामेछाप, मन्थली
असोज २ ।

‘पोहोरको धान
यसपालीको जाडो
उम्केको माछो
र मरेको पाडो !’
विगतावस्था
या हातबाट चिप्लेका वस्तुहरू
सधैँ ठूला र प्रिय हुन्छन्,

जीवन भूतप्रभावी छ
जीवन गएकोमा दुःखमनाउ गर्छ
जीवन छुट्टिँदा खातिर मान्छ
यो किन हुन्छ ?
यसो किन लाग्छ ?
के खास छ यसमा?
गमेर हेर्दा
गम्भीर हुँदा
हातबाट फुस्केको धेरै महत्वको हुने रहेछ !
जस्तै : बाल्यवस्था, ठाउँ
र केटाकेटीमा भोगेका चाडबाड
साथीभाइ
छिमेकी
र उहिलेका कहर भनौ न दुःखहरू,

विगत सम्झेर
पुर्खाझैँ जीवन बिताइरहेका हामी सन्तती
हामीझैँ हाम्रा अनुजसमेत
सोही शैलीमा जीवन
बिताउनेछन्,

हातबाट उडाएर चराहरू
खसालेर माछाहरू
धपाएर अवसरहरू
उम्केको माछो ठूलो !

यसमा तपाइको मत

अन्य समाचार