काठमाडौं,
भदौ २७ ।
आइतबार थप ९११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको सात हजार ८७८ जनाको पिसीआर र तीन हजार १४० जनाको एन्टिजेन गरी ११ हजार १८ जनामा गरिएको परीक्षणका क्रममा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार काठमाडौं उपत्यकामा थप ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १८३, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ जना रहेको छ ।
यस्तै आइतबार १४ सय २३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या संख्या सात लाख ३९ हजार ४५७ पुगेको छ ।
कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.२ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।






