कविता : समयसँग

✍️ पेशल आचार्य
रामेछाप, मन्थली
भदौ २३ ।

कहिले खुसीहुँदै
कहिले दुःखीहुँदै
कहिले यी दुवै नहुँदै
समयसँग
यात्रामा छु
अहिले म नादाम छु
अहिले म निनादमा छु
कहिले म आराममा हुन्छु
कहिले म विराममा हुन्छु
जीवनको त्यो पहिचान नै हो भने
म कहिले मस्ता राममा हुन्छ,

टेडो मेडो छ सोच
घुमाउरो छ भावना
कहिले यो हुन्छ
कहिले त्यो हुन्छ
भन्छन् सबैले म कसैको प्यारो छैन
भन्छन् कसैले म सबैको नराम्रो पनि छैन
उसै त संसार सारमा नाच्छ
उसै त सार संसारमा जँच्छ,

भोगमा छु
भोकमा छु
रोगमा छु
शोकमा छु
यसैमा छु
उसैमा छु
जसकसैमा छु
त्यसैले त म शून्यमा छु
त्यसैले त म महाशून्यमा छु,

नमन छ दुःखलाई
सलाम छ सुखलाई
सकारेको भाग्यलाई
नकारेको दुर्भाग्यलाई
यो वात्यो
सबै रुपमा छु
यो वात्यो
सबै संरुपमा पनि छु,

आसमा छु
भासमा छु
त्यो आसमा छु
त्यो भासमा छु
त्यसैले म परिहासमा छु
त्यसैले म जीवन स्वप्नाभासमा छु ।।

यसमा तपाइको मत

अन्य समाचार