काठमाडौं
भदौ २१ ।
गायक सत्यराज आचार्यको स्वरमा रहेको गीत ‘संसार जित्ने राजा…’ सार्वजनिक भएको छ । युग यमनको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा सार्वजनिक भएको हो । गीतको भिडियोमा सत्यराजका छोरा संगीतराज आचार्यले अभिनय गर्नुभएको छ । बाल कलाकारको भूमिकामा संगीतराजलाई भिडियोमा देखिन्छन् ।
‘संसार जित्ने राजा…’ बोलको गीतमा सत्यसँगै संगीतको अभिनय देखिन्छ । उहाँहरू बुवा र छोराको भूमिकामा हुनुहुन्छ । आमाको भूमिकामा मलिना ठकुरीलाई देख्न सकिने छ । संगीतको यो पहिलो म्युजिक भिडियो हो । भिडियो निर्देशन सत्यराज आचार्य स्वयंले गर्नुभएको हो ।
संगीत सात वर्ष पूरा भएको अवसरमा जन्मदिनको शुभकामना स्वरुप सत्यले यो गीत सार्वजनिक गरेको बताउनु भएको छ ।
‘यसले धेरै सानो हुँदा नै हाम्रो (सत्य-स्वरुप) गीत ‘माया’ मा उसको दादा सरगमराज आचार्यसँग अभिनय गरिसकेको छ,’ सत्य भन्नुहुन्छ, ‘तर, बुझ्ने भएपछि डायलगसहित मसँग अभिनय गरेको उसको यो पहिलो प्रयास हो ।’
गीतले प्रेमिल जोडी र सन्तान जन्मिन लाग्दाको खुसीसँगै सन्तान प्राप्तीसँगै जीवनसाथी गुमाउनुपर्दाको पीडालाई उजागर गरेको छ ।






