युवराज र सन्ध्याको स्वरमा ‘मेरी माया आउँदै छिन्…’ (भिडियोसहित)

काठमाडौं,
भदौ २१ ।

सन्ध्या डि र युवराज चौलागाईंको स्वरमा रहेको गीत ‘मेरी माया आउँदै छिन्…’ सार्वजनिक भएको । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आउनु भएकी सन्ध्याकै शब्द तथा सङ्गीत र राजन ईशानको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ओएसआर डिजिटलको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको भिडियोमा टिकटकका स्थापित अनुहार पुरुषोत्तम सिग्देललाई सुजान श्रेष्ठ, सब्बु तथा सृजनासँगै फिचर गरिएको छ ।

राजकुमार बगर यो गीतका रेकर्डिष्ट हुनुहुन्छ भने उहाँले नै मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ ।

रामेश्वर जिरेलद्वारा छायांकन गरिएको गीतको भिडियोको सम्पादन लोकेन्द्र सुब्बाले गर्नुभएको छ भने कमल योञ्जनले निर्देशन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार